आज:  | Wed, 27, Sep, 2023

कागबेनी डुबानमा

२०८०, २९ श्रावण सोमबार २२:०६ मा प्रकाशित ( १ महिना अघि) ५५९ पाठक संख्या

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।  बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर/होटल बाढीले भत्काएको छ ।

 

 

 

 

 

खबर एक्सप्रेस