आज:  | Wed, 27, Sep, 2023

मोहन बगानसँग मछिन्द्र पराजित

२०८०, ३१ श्रावण बुधबार २२:१९ मा प्रकाशित ( १ महिना अघि) २४९ पाठक संख्या

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा ए डिभिजन लिग क्लब मछिन्द्र क्लब भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग पराजित भएको छ ।

कोलकातास्थित साल्ट लेक स्टेडियममा बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब ३(१ गोल अन्तरले पराजित भएको हो । मोहन बगानको जितमा अनवर अलीले दुई गोल गरेका थिए भने जासन कमिन्ग्सले एक गोल गरेका थिए ।

त्यस्तै मछिन्द्रका लागि एक गोल ओलोउमोउले गरेका थिए । सिधै दोस्रो चरण खेलेको मोहन बगान अब प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको थियो ।

 

खबर एक्सप्रेस