आज:  | Wed, 27, Sep, 2023

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित

२०८०, ३२ श्रावण बिहीबार २१:३३ मा प्रकाशित ( १ महिना अघि) ४६६ पाठक संख्या

जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित भएका छन्। बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। कैलाली जिल्लामा रहेर लामो समयदेखि उनी क्रिकेटजन्य गतिविधिमा सक्रिय रहँदै आएका छन्। उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा निर्वाचित भएका छन् ।
सदस्यमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रबि), गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।

क्रिकेटमा लामो समयदेखि सक्रिय रहेर अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्‍याएको भन्दै क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरिएको छ।

खबर एक्सप्रेस