आज:  | Wed, 27, Sep, 2023

बालुवा निकाल्दैगर्दा एक किशोरीको मृत्यु

२०८०, ३२ श्रावण बिहीबार २२:१८ मा प्रकाशित ( १ महिना अघि) ५९० पाठक संख्या

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका -६ मा बालुवा निकाल्दै गर्दा एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकासुन्दरी -६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेको स्थानीय कर वर्डले जानकारी दिए।उनका अनुसार मृतक बालिका हिमा नदीको लौडीसेन भन्ने ठाउँ नजिक बालुवा निकाली रहेकी थिइन्। त्यहिबेला नदीको छालले चिप्ल्याएर उनको मृत्यु भएको हो। नदीले लौडीसेनबाट तीन सय मिटर तलसम्म बगाएपछि बालिकाको मृत्यु भएको हो नदीको बहाव अध्याधिक बढेकोले बालिका बचाउन नसकिएको उनले बताय । मृतक बालिका पाण्डवगुफा मावि कोटघरमा १० मा अध्ययनरत छात्रा भएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताए।

खबर एक्सप्रेस