काठमाडौं । गत आर्थिक वर्षमा सरकार महँगी नियन्त्रण गर्न असफल देखिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा महंगीलाई ७ प्रतिशतको सीमामा राख्ने लक्ष्य पुरा हुन सकेको छैन । गत आर्थिक बर्षमा औसतमा ७.७४ प्रतिशत महंगी रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा औसतमा महंगी ६.३२ प्रतिशत रहेको थियो ।
प्रतिवेदनमा यातायात, रेष्टुराँ तथा होटल क्षेत्रको महंगी सबैभन्दा बढी वृद्धि भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९र८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथाखाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथासंस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगकावस्तुहरुको ८.६५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।