काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले रिलिजको आठौ दिन ३ सय करोडको आँकडा पार गरेको छ । फिल्मले शुक्रबार मात्र २० करोड ५० लाख भारु कमाई गरेर भारतीय बक्स अफिसमा ३०५.१३ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
फिल्मले रिलिजको पहिलो दिन ४०.१० करोड, दोस्रो दिन शनिबार ४३.०८ करोड, आइतबार ५१.७० करोड, सोमबार ३८.७० करोड, मंगलबार ५५.४० करोड, बुधबार ३२.३७ करोड र विहिबार २३.२८ करोड भारु कमाई गरेको थियो । त्यस्तै गदर२ सँगै रिलिज भएको अर्को बलिवुड फिल्म ओएमजी२ ले अहिलेसम्म ९१ करोड ८ लाख भारु कमाई गरेको छ । फिल्मले शुक्रबार ६.०३ करोड कमाई गरेको छ ।
फिल्मले विहिबार ५.५८ करोड कमाई गरेको थियो भने बुधबार ७.२० करोड भारु कमाइ गरेको थियो । त्यस्तै मंगलबार १७.१० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले पहिलो दिन शुक्रबार १०.२६ करोड कमाई गरेको थियो भने शनिबार १५.३० करोड, आइतबार १७.५५ करोड र सोमबार १२.०६ करोड कमाई गरेको थियो ।