आज:  | Wed, 27, Sep, 2023

शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा

२०८०, ३ भाद्र आईतवार ०८:४६ मा प्रकाशित ( १ महिना अघि) ४३५ पाठक संख्या

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू गरिएको छ । मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान गरेपछि सेवा सुरु गरिएको हो ।
डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ ।

खबर एक्सप्रेस