गणेस तिवारी । दैलेखको गुराँस गाउँ पालिकाको कार्यपालिका बैठकमा लोपन्मुख राउटे जातीका मुखियालाई आमन्त्रण गरेर बिशेष छलफल गरेको गाउँपालिका अध्यक्ष टोप बिसीले जानकारी दिएका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन् ।
हाम्रा राउटे मुखियालाई गुराँस गाउँ पालिकाको कार्यपालिका बैठकमै आमन्त्रण गरेर उहाँहरुको समस्या बारे छलफल भयो । हाम्रै कारण राउटेको अस्तित्व संकट परेको ठहर गर्दै अब उप्रान्त पालिकाको अनुमति र समन्वयबाट मात्र उदेश्य प्रष्ट पारी राउटे संग भेटघाट र सम्पर्क गर्न पाउने निर्णय भयेको ब्यहोरा सबैमा अनुरोध छ । भन्दै जानकारी दिएका छन् ।
बिभिन्न संस्था र ब्यतिले राउटेलाई बिभिन्न प्रलोभनमा पारेर भिडियो बनाउने अन्य गतिबिधि गर्ने गरेका कारण उनीहरुलाई बिकृती र बिसंगती तिर लिने कार्य भएकोले सो निर्णय भएको जनाईएको छ ।