बलिउडका सुपरस्टार ६६ बर्षिय सन्नी देओल धेरै वर्षपछि फिल्म गदर २ मार्फत कमब्याक भए । फिल्म गदर २ले बक्स अफिसमा अहिलेसम्म ३५० करोडको कलेक्सन गरेर ब्लकबस्टर साबित भएको छ । उनै सन्नी देओलको घर भने बैंक ऑफ बड़ौदाले एक सुचना प्रकाशित गरी लिलामीमा राखेको थियो । तर बैकले एक सुचना जारी गरी सो निर्णय फिर्ता लिएको जानकारी दिएको छ । सुचनामा भनेको छकि अभिनेता एवं भारतिय जनता पार्टिका सांसद सनी देओल को मुम्बई जुहू स्थित घर लिलामीको सुचना जारी गरी अजय सिंह देओल उर्फ सनी देओलको नाममा बैकमा भएको क्रण चुक्ता नगरेको कारण यसअघि जारी भएको सुचना फिर्ता लिएको जनाएको छ । बैंकले २५ सेम्टेम्बरमा घर लिलामी हुने सुचना जारी गरेको थियो ।