आज:  | Tue, 26, Sep, 2023

९० को दशकदेखि बक्स अफिसमा धमाका मच्चाउदै ४ स्टार 

२०८०, ४ भाद्र सोमबार १०:४२ मा प्रकाशित ( १ महिना अघि) ५५९ पाठक संख्या

फिल्म क्षेत्र भनेपछि मनोरञ्जन बुझिन्छ । यस क्षेत्रमा बिशेष गरी कलाकारहरुको चर्चा परिचर्चा बढी हुने गर्छ । अझ स्टारडमको कुरा त झनै बढी आउछ । कुन स्टारहरुको भ्यालु कति भन्ने कुराको मापन भने उसले अभिनय गरेका फिल्मले बक्स अफिसमा कस्तो बिजनेस गर्यो भन्ने कुरा नै पहिला आउछ । स्टारडमको पहिलो मापन यसैलाई गरिन्छ । स्टारडम कहिलेसम्म भन्ने कुरा झन महत्वपूर्ण छ । वलिउडमा भने स्टारडको कुरा गर्दा ९० दशकका हिरोहरुको दबदबा कायम रहेको छ । उनीहरुका फिल्मले धमाकेदार बिजनेश गरिरहेको छ । उनीहरु अभिनित फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भैरहेका छन् ।

५७ बर्षिय शाहरुख खान

९० को दशकदेखि निरन्तर रुपमा बक्स अफिसमा आफ्नो नाम एकछत्र राख्न सफल कलाकारको नम्बर एकको सुचिमा ५७ बर्षिय शाहरुख खानको नाम अग्रपंतिमा आउछ । उनी अभिनित फिल्म पठानले बक्स अफिसमा संसारभर १ हजार करोड कमाएको थियो। योसँगै उनको स्टारडमको उचाई अझ माथीमाथी पुग्ने क्रममा छ । उनको फिल्म जवान रिलिजको तयारीमा छ । यो फिल्मले पनि रेकर्डब्रेक गर्ने बलिउडमा चर्चा शुरु भएको छ ।

७२ बर्षिय रजनीकान्त

बलिउडका अर्का सुपरस्टार ७२ बर्षिय रजनीकान्त हुन । उनको पछिल्लो फिल्म जेलर संसारभर प्रदर्शन भैरहेको छ। रिपोर्टका अनुसार जेलरले ५०० करोड कलेक्सनको आँकडा पार गरेर बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ ।

 ६६ बर्षिय सन्नी देओल

बलिउडका अर्का सुपरस्टार ६६ बर्षिय सन्नी देओल धेरै वर्षपछि फिल्म गदर २ मार्फत  कमब्याक भए । फिल्म गदर २ले बक्स अफिसमा अहिलेसम्म ३५० करोडको कलेक्सन गरेर ब्लकबस्टर साबित भएको छ । सन्नी देओलले आफ्नो कमब्याकलाई धमाकेदार बनाए ।  योसँगै सनी देओल बोर्डर २ को तयारीमा जुटने भएका छन् ।

५५ बर्षिय अक्षय कुमार

बलिउडका अर्का सुपरस्टार ५५ बर्षिय अक्षय कुमार पनि निरन्तर रुपमा बलिउडमा आफ्नो यात्रा अगाडी बढाईरहेका छन् । उनी अभिनित पछिल्लो फिल्म ओएमजी २ ले पनि ११५ करोडको आँकडा पार गरेको छ । फिल्मले दर्शकबाट माया र समीक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । उनी पनि स्टारडमको रेसमा कुदिरहेका छन् ।

खबर एक्सप्रेस