आज:  | Wed, 27, Sep, 2023

लम्पी स्किनबाट ६४ अर्बको क्षति

२०८०, ४ भाद्र सोमबार १०:४६ मा प्रकाशित ( १ महिना अघि) ३७३ पाठक संख्या

पशु चौपायामा लाग्ने लम्पी स्किन रोगबाट हालसम्म करिब ६४ अर्ब रूपैयाँको क्षति भएको नेपाल पशु चिकित्सा परिषद्को अध्ययनले जनाएको छ । रिपोर्टका अनुसार देशभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति भएको जनाईएको छ ।
पशुमा लाग्ने लम्पी स्किन रोगबाट पशु संक्रमित भएपछि दूध उत्पादन तथा मासु उत्पादन घट्ने, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैंसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुने नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ । आर्थिक रूपमा किसानलाई ठूलो क्षति भएको छ । मृत्यु मात्र नभएर संक्रमित हुँदा पनि किसानले क्षति व्यहोर्नु परेको छ ।

खबर एक्सप्रेस