काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ । दक्षिण एसियाली फुटवल महासंघ (साफ)को तालिका अनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म संचालन हुने छ ।
सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा नेपाल लगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताईयो । नेपाल लगायत माल्दिभ्स,पाकिस्तान, भारत,भूटान,बंगलादेशले सहभागिता जनाउँदै छन् ।
यू १९ फुटवल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरु आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् ।
एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ ।
प्रतियोगिता सञ्चालनको लागि एन्फाले २ करोड ७७ लाख ३२ हजार ८ सय रुपैयाँ बजेट लाग्ने अनुमान गरेको प्रवक्ता साहले जानकारी दिए ।