आज:  | Wed, 27, Sep, 2023

नारायणगढ-मुग्लिन खण्डमा पहिरो हटाउने कार्य जारी

२०८०, ५ भाद्र मंगलवार ०९:२१ मा प्रकाशित ( १ महिना अघि) ३११ पाठक संख्या

नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरो हटाउने कार्य जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार १२ बजेसम्म एकतर्फी बाटो खुलाउन प्रयास भइरहेको छ ।
गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । यो पहिरो अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ । पहिरो पन्छाउने क्रममा माथिबाट ढुंगा खसेर लोडरको अगाडि भागको सिसामा क्षति पुगेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।
साथै कार्यलयले सकेसम्म वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको छ ।

खबर एक्सप्रेस