आज:  | Wed, 27, Sep, 2023

भगवती हाइड्रोपावरको आइपीओ आजबाट

२०८०, ५ भाद्र मंगलवार ०९:३७ मा प्रकाशित ( १ महिना अघि) ५२८ पाठक संख्या

काठमाडौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशतले अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ।

 

खबर एक्सप्रेस