आज:  | Wed, 27, Sep, 2023

गदर२ ४०० करोड क्लबमा प्रवेश

२०८०, ६ भाद्र बुधबार २२:१६ मा प्रकाशित ( १ महिना अघि) ३४२ पाठक संख्या

काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले भारतीय बक्स अफिसमा शानदार प्रदर्शन जारी राखेको छ । रिलिजको दोस्रो सातामा पनि दर्शकको साथ पाएको गदर२ ४०० करोड क्लबमा प्रवेश गरेको छ ।

मंगलबार फिल्मले १२.१० करोड कलेक्सन गरेसँगै फिल्मले रिलिजको १२ दिनमा ४००.७० करोड भारु कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले रिलिजको दोस्रो शुक्रबार २०.५० करोड, शनिबार ३१.०७ करोड, आइतबार ३८.९० करोड र सोमबार १३.५० करोड कमाई गरेको थियो ।

यसअघि फिल्मले रिलिजको पहिलो सातामा २८४.६३ करोड भारु कमाई गरेको थियो । त्यस्तै गदर२ सँगै रिलिज भएको अर्को बलिवुड फिल्म ओएमजी२ ले अहिलेसम्म सय करोडको आँकडा पार गरेको छ ।

खबर एक्सप्रेस