आज:  | Wed, 27, Sep, 2023

गौरा पर्वमा नाचे नेताहरु

२०८०, ७ भाद्र बिहीबार १७:५४ मा प्रकाशित ( १ महिना अघि) ३७३ पाठक संख्या

बिशेष गरी सुदुरपश्चिम क्षेत्रको गौरा पर्वको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायत शीर्ष नेताले नृत्य गरेका थिए । औपचारिक समारोहमा बिभिन्न नेताहरुले आफ्नो बिचार राखेका थिए । यसैक्रममा राप्रपाका सांसद ज्ञानेन्द्र शाही कार्यक्रम स्थलमा आउदा दर्शकतीरबाट ज्ञानेन्द्र शाही हाईहाई चन्दै नारा समेत लागेको थियो ।

खबर एक्सप्रेस