बागमती नदीमा र्याफ्टिङ गरिएको छ । नदीलाई संरक्षण गर्ने अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको जनाईएको छ। नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था, बाग्मती सफाई महाअभियान र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको नेपाल नदी संरक्षण संस्था, का अध्यक्ष मेघ आलेले बताए ।
काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको थियो ।
बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ। सोही अवसरमा सहभागीले नदी सरसफाई समेत गरेका थिए। बाग्मती सफाई महाअभियानको ५३७औं हप्ताको अभियान समेत सम्पन्न भएको थियो ।
तस्बिर सुरेन्द्र थापा