आज:  | Wed, 27, Sep, 2023

अभिनेता सारुकका पिता अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन

२०८०, ९ भाद्र शनिबार २१:५१ मा प्रकाशित ( १ महिना अघि) २८० पाठक संख्या

काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए । शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए ।
उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका थिए । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ । चलचित्रकर्मीहरुले सारुकको आत्महत्या रहस्यमय भएकोले छानबिनको माग गर्दै आएको छ ।

खबर एक्सप्रेस