आज:  | Wed, 27, Sep, 2023

पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष

२०८०, १५ भाद्र शुक्रबार २०:३९ मा प्रकाशित ( ३ हफ्ता अघि) ४०४ पाठक संख्या

पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज काठमाडौंमा भएको दोस्रो साधारण सभामा बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा खड्कालाई निर्वाचित भएका हुन ।

पारस उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्षमा विजयी भएका हुन । कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरेका थिए । पारसको पुरै प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन।

सदस्यहरूमा अजय विर पाण्डे,अनिल अधिकारी, सन्जोग पोखरेल , सुजन महर्जन , नीरा राजोपाध्याय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ , वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन्।

खबर एक्सप्रेस