आज:  | Tue, 26, Sep, 2023

बाग्मती सफाइको ५३८औं हप्ता सम्पन्न

२०८०, १६ भाद्र शनिबार १२:४४ मा प्रकाशित ( ३ हफ्ता अघि) २४९ पाठक संख्या

रास्ट्रको लागी हप्तामा दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ५३८औं हप्ताको अभियान काठमाडौंको यूएन पार्क बाग्मती नदी आसपासमा सम्पन्न भएकोछ । अभियानमा अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास आयोजना बाग्मती अभियन्ता बिभिन्न संघसंस्था, स्थानियबासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती एकिकृत बिकास समितीका कर्मचारीहरु सहित बिभिन्न संघसंस्थाको सहभागीता रहेको थियो । बि.स २०७० जेष्ठ ५ गतेदेखी यो महाअभियान निरन्तर संचालनमा रहदै आएको छ ।

खबर एक्सप्रेस