काठमाडौँ । बलिवुडका किङ शाहरुख खानको फिल्म ‘जवान’ आउदो विहिबार रिलिज हुँदैछ र बक्स अफिसमा शाहरुखले फेरि नयाँ तहल्का मच्चाउने प्राउ निश्चित छ ।
एट्ली निर्देशित यो फिल्म ‘जवान’ को ट्रेलर बिहीबार मात्रै रिलिज भएको थियो । शुक्रबार, निर्माता कम्पनी रेड चिलीजले ट्वीटरमा जवान अग्रिम बुकिङको बारेमा घोषणा गरेको छ । फिल्म जवान सेप्टेम्बर ७ मा विश्वभर रिलिज हुँदैछ जुन हिन्दी, तमिल र तेलुगु गरी ३ भाषामा प्रर्दशन हुनेछ ।
भारतमा अग्रिम बुकिङमा टिकटको मुल्य महँगो भएको गुनासो शुरु भएको छ । मुम्बईमा यो फिल्म जवानको अग्रिम बुकिङ ३० अगस्टदेखि नै सुरु भएको थियो । यो फिल्म टूडी, क्यूजी र आइम्याक्स ढाँचामा आउँदैछ । आइम्याक, निर्देशक कट जस्ता लक्जरी क्लास थिएटर स्क्रिनहरूमा टिकटहरू धेरै महँगो पर्नेछ । यस्ता थिएटरहरूमा ‘जवान’ टिकटको मुल्य मुम्बईमा २३ सय र दिल्लीमा २४ सय भारु तोकिएको छ । त्यस्तै मुम्बईमा लेट नाइट शोको टिकटको मूल्य २३ सय रुपैयाँ रहेको र आधा टिकट समेत बिक्री भइसकेको बताइएको छ ।
यो फिल्मले पहिलो दिन १२५ करोड कमाउने र भारतमा मात्रै रिलिजको दिन ७५ करोडको कलेक्सन गर्न सक्ने विज्ञहरुको भनाइ छ ।
‘जवान’ को अग्रिम बुकिङ विन्डो शुक्रबार बिहान १० बजेदेखि भारतमा खुलेको छ । दर्शकमा फिल्मको लागि देखिएको उत्साह र क्रेजलाई ध्यानमा राखी बक्स अफिसमा यसअघि कहिल्यै नदेखेको आँधीबेहरी ल्याउने र कीर्तिमानी इतिहास रच्ने सहजै अनुमान गर्न सकिन्छ ।
चलचित्र ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।