आज:  | Wed, 27, Sep, 2023

भारतविरुद्ध खेल्न तयार : कप्तान रोहित पौडेल

२०८०, १७ भाद्र आईतवार २२:१५ मा प्रकाशित ( ३ हफ्ता अघि) २४९ पाठक संख्या

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्ध खेल्न तयार रहेको बताएका छन् । सोमबार हुने भारतविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले नेपालको लागि भारतविरुद्ध खेल्न पाउनु ठुलो अवसर भएको बताउदै आफुहरु खेल्न तयार रहेको बताएका छन् ।
कप्तान पौडेलले क्रिकेटप्रेमीहरुको अपार समर्थनले आफुहरुलाई भारतविरुद्ध राम्रो खेल्न प्रेरित गरेको बताए । आफुहरुले भारतका कप्तान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने बारे योजना बनाएको बताउदै उनीहरु क्रिकेटमा धेरैको प्रेरणाको स्रोत भएको बताए ।
नेपालले सोमबार समुह ए अन्तर्गतको अन्तिम खेलमा भारतविरुद्ध खेल्दै छ । यो खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा नेपाली समय अनुसार अपराहन्न ३ः १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

खबर एक्सप्रेस