बरिष्ठ कलाकार नीर शाहले नेपालमा चलचित्र विकास बोर्डको स्थापना भएपछि नेपाली फिल्मको ओरालो यात्रा सुरु भएको बताएका छन् । शनिबार ‘कलिङ साहित्य महोत्सव’को ‘एक्काइसौं शताब्दीमा रिल र नेपाली सिनेमाको विकास’ सेशनमा आफ्नो बिचार राख्ने क्रममा उनले बि.स. २०५८ सालमा केही चलचित्रकर्मीले राज्यकोषबाट पाउने सबै सहुलियत बन्द गराएर बोर्ड स्थापना गरेका कारण सोही समयदेखी नेपाली फिल्म ओरालो लाग्न थालेको बताएका हुन् ।
बि.स.२०४२ देखि बि.स. २०५८ सालसम्म राज्यले नेपाली फिल्म उद्योगलाई सबैभन्दा धेरै सघाएको स्मरण गर्दै त्यसबेला मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता हुने व्यवस्था रहेको बताए । तुलसी घिमिरेको फिल्म ‘लाहुरे’ले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रुपैयाँ मनोरन्जन वापतको कर फिर्ता पाएको जानकारी गराए । हलमा फिल्म देखाए वापत् पनि छुट्टै पैसा मिल्ने गरेको उनले बताए ।
राज्यले दिने गरेको सहुलियत दिने गरेको कारण दुई वर्षमा एउटा फिल्म बन्ने समयबाट एक वर्ष मै ७० वटा फिल्म बन्ने अवस्था आएको बताउदै ‘राज्यले दिने सहुलियत बन्द गराउन लगाएर हाम्रै फिल्मकर्मीहरूले बि.स. २०५८ सालमा चलचित्र विकास बोर्डको माग गर्दै एउटा सम्झौता गरेको कारण बोर्ड खोल्न त्यो सहुलियत बन्द भएको बताए । बोर्ड स्थापनापछि नेपाली फिल्मको ओरालो यात्रा पनि सुरु भयो भन्दै अहिले हिन्दी फिल्म हलमा देखाएर प्राप्त हुने शुल्कबाट चलचित्र बिकास बोर्डका कर्मचारीले तलब पाउने गरेको बताए । बोर्डका अध्यक्षले पाउने ६२ हजार ३ सय ८८ रुपैयाँ तलब समेत हिन्दी सिनेमा देखाए वापत् पाउने अवस्था रहेको बताए । यसलाई नेपाली फिल्मकर्मीहरुले नै बिगारेकाले राज्यबाट सहुलियत पाउने व्यवस्था पुनः स्थापित गर्न सकेको खण्डमा नेपाली फिल्म लयमा फर्किने बताए । यसो भनी रहदा दर्शकहरुबाट तालि बजेको थियो