काठमाडौँ । नेपालले एशिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा आज भारतको सामना गर्दै छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा यो खेल अपराहन्न ३ : १५ बजेदेखि हुदै छ ।
नेपालले आइसीसीको सिनियर प्रतियोगितामा भारतविरुद्ध खेल्न लागेको यो पहिलो पटक हो ।
यस एशिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध हार बेहोरेको छ भने सुपर चारमा पुग्न भारतलाई पराजित गर्नै पर्ने अवस्थामा रहेको छ । त्यसैगरी भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध बर्षाका कारण खेल रद्ध हुदा अंक बाँडेका कारण यो खेल रद्ध भएमा पनि सुपर चारमा जाने छ ।
क्यान्डीमा आज पनि खेल बर्षाले प्रभाव पार्ने अनुमान गरिएको छ । सोमबार बिहान पल्लेकेलमा झन्डै ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यद्यपि, टसको समयमा नेपाली समय अनुसार अपराहन्न २ः ४५ बजे भने वर्षा हुने सम्भावना २२ प्रतिशत छ र यो बेलुका ६ बजेसम्म रहनेछ । खेलको दोस्रो हाफमा पानी पर्ने सम्भावना ६६ प्रतिशत हुनेछ । यस्तो अवस्थामा फेरि शनिबारको भारत–पाकिस्तानको खेल जस्तै आधा खेल मात्रै देख्न सकिने सम्भावना रहेको छ ।
एशिया कपका लागि टिम
भारतको टिमस् रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र प्रसिद कृष्णा ।
नेपालको टिमस् रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।
काठमाडौँ । नेपालले एशिया कप अन्तर्गत समुह ए को अन्तिम खेलमा आज भारतको सामना गर्दै छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा यो खेल अपराहन्न ३: १५ बजेदेखि हुदै छ ।