आज:  | Wed, 27, Sep, 2023

एशिया कपको श्रीलंका र अफगानिस्तानबीच खेल हुदै

२०८०, १९ भाद्र मंगलवार ०८:४८ मा प्रकाशित ( ३ हफ्ता अघि) १५६ पाठक संख्या

एशिया कप अन्तर्गत आज श्रीलंका र अफगानिस्तानबीच खेल हुदै छ । पाकिस्तानको लाहोर क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः१५ बजेदेखि शुरु हुने छ । समुह बि अन्तर्गतको यो खेल सुपर चारमा पुग्नका लागि दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यस अघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तान बंगलादेशसँग पराजित भएको थियो ।

अब अफगानिस्तानलाई सुपर चारमा पुग्न आजको खेलमा श्रीलंकामाथि फराकिलो जित आवश्यक रहेको छ । अफगानिस्तान विर्जयी भएमा तिनै देशको २-२ अंक हुने हुदा रनरेटको आधारमा सुपर चारमा जाने दुई देशको टुंगो लाग्ने छ ।

श्रीलंका विजयी भएमा भने श्रीलंकासहित बंगलादेश सुपर चारमा पुग्ने छन् । एशिया कपको समुह ए बाट भने पाकिस्तान शिर्ष स्थानमा रहदै र भारत दोस्रो हुदै सुपर चारमा पुगिसकेका छन् भने नेपाल दुवै खेलमा पराजित भएर बाहिरिएको छ ।

खबर एक्सप्रेस