आज:  | Wed, 27, Sep, 2023

नेपाल र म्यान्मार मैत्रीपूर्ण फुटबल पहिलो खेलमा गोलरहित बराबरी

२०८०, २२ भाद्र शुक्रबार १९:२८ मा प्रकाशित ( २ हफ्ता अघि) १५६ पाठक संख्या

काठमाडौँ । मैत्रीपूर्ण फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल र म्यान्मारले गोलरहित बराबरी खेलेका छन् । म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि बराबरीमा टुङ्गिएको हो । दुवै टिमले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा बराबरी खेलेका हुन् ।

दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम म्यान्मार पुगेको हो । नेपालले फिफा विन्डो अन्तर्गत म्यान्मारको याङ्गुनमा सेप्टेम्बर ११ मा म्यानमारसँग दोश्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।

खबर एक्सप्रेस