आज:  | Wed, 27, Sep, 2023

मोरक्को भूकम्पमा परी एक हजार बढीको मृत्यु

२०८०, २३ भाद्र शनिबार २२:५१ मा प्रकाशित ( २ हफ्ता अघि) ६३ पाठक संख्या

मोरक्को । मोरक्कोमा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । मोरक्कोको गृह मन्त्रालयका अनुसार अहिलेसम्म भूकम्पमा परि १०३७ जनाको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ७२१ जनाको अवस्था चिन्ताजनक रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन् । भने मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः११ बजे भएको ६.८ रेक्टर स्केलको भूकम्प आएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको
सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । मोरक्कोको इतिहासमा १२० बर्षपछि आएको सबैभन्दा ठुलो भूकम्प हो ।

खबर एक्सप्रेस