आज:  | Tue, 30, Apr, 2024

सुवाचन्द्र नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार हुने

२०८०, २६ भाद्र मंगलवार २१:३१ मा प्रकाशित ( ७ महिना अघि) १३६५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको अन्त्येष्टी भदौ २८ गते बिहीबार हुने भएको छ । एमालेले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टी बिहीबार हुने जानकारी दिएको हो । नेम्वाङको अन्त्यष्टि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हुने भएको छ ।
नेम्वाङका दुई छोरा हाल विदेशमा रहेको र भोलि बेलुकीसम्म आइपुग्ने भएकाले विहिबार अन्त्यष्टि गरिने एमालेले जानकारी दिएको छ । नेम्वाङको पार्थिव शरीर बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमै रहने र त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने तय भएको एमालेले जानकरी दिएको छ ।
नेम्वाङको आज बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई आज त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासलमा ल्याएर राखिएको थियो । पार्टी कार्यलयमा शिर्ष राजनीतिक नेताहरु र विभिन्न पार्टीका नेता कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

खबर एक्सप्रेस