नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङ महिला बिभागले फरक ढंगले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगर वडा न १ स्थित श्री शिव आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्टेसनरी सामग्री बितरण गरेर तीज विशेष कार्यक्रम मनाएको हो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङकी उपाध्यक्ष अञ्जला कोइरालाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमा राष्ट्रिय समिति कोशी प्रदेश इन्चार्ज धर्मानन्द खरेल,राष्ट्रिय समिति सदस्य रीता पाठक सत्यनारायण मा.वि का प्रधानाध्यापक पुरुषोत्तम गुरागाई र श्री शंकरपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद पोखरेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा शिव आधारभूत विद्यालयका प्रधानाध्यापक जगरनाथ कामतले स्वागत गर्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संङगठनले शिक्षकको पेसागत हक हितका लागि मात्रै नभै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, विद्यार्थी एवम् अभिभावक केन्द्रित कार्यक्रमहरू गर्दै आएको साथै तीजको अवसर पारेर नेपालभरी नै यस्ता अभियानहरू सञ्चालन गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य रीता पाठकले बताइन् । नेपाल राष्ट्रिय शिक्षक संगठनसग यस्ता कार्यक्रम गर्नका लागि पर्याप्त बजेट नभएकोले विभिन्न ब्यक्तिहरूले सहयोग गर्नु भएको सामग्री संकलन गरेर कार्यक्रम गर्नु परेको बताउदै पाठकले यो कार्यक्रमका लागि आवश्यक स्टेसनरीको सामग्री श्री सत्यनारायण माध्यमिक विद्यालयक प्रधानाध्यापक पुरुषोत्तम गुरागाईले ब्यबस्थापन गरिदिएको कुरा बताइन् ।