आज:  | Fri, 26, Apr, 2024

सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि भोली राजकीय सम्मानका साथ हुने

२०८०, २७ भाद्र बुधबार २२:२८ मा प्रकाशित ( ७ महिना अघि) ८६९ पाठक संख्या

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।
उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला वडा प्रहरी कार्यालय अगाडि पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ ।
शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

खबर एक्सप्रेस