बाल सारथी संस्थाले तीजको दरखाने कार्यक्रम सामाजिक कार्यका लागी भन्दै आयोजना गरेको छ । हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा राजधानी दगायत गाउँघरमा तीजको रौनकता छाईरहेको छ । दिदीबहिनी जम्मा भएर दर खाएर नाचगान गर्ने क्रम जारी रहेको छ ।
हरेक वर्षको तीजमा कार्यक्रम गर्दै आएको बाल सारथीले कार्यक्रमबाट संकलित रकमले अध्ययनरत बालबालिकाको भरणपोषणमा खर्च गर्दै आएको बाल सारथीका संस्थापक डा. माला खरेलले बाताईन । कार्यक्रममा कमेडी च्याम्पियन हिमेश पंत बिभिन्न कलाकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बाल सारथीको आगामी रणनिती बारे अध्यक्ष अस्मिता सुमार्गीले जानकारी गराएकी थिईन् ।