आज:  | Wed, 27, Sep, 2023

टिपटप समोसा पसललाई २लाख रुपैयाँ जरिवाना

२०८०, १ आश्विन सोमबार १८:५५ मा प्रकाशित ( १ हफ्ता अघि) ६३ पाठक संख्या

काठमाडौँ । उपभोग गर्ने म्याद गुज्रिएर विग्रिएको दुधवरी बेच्ने काठमाडौँको न्यूरोडस्थित टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौँ महानगरपालिका(१७ नघलमा रहेको पसलले खान नमिल्ने गरी विग्रिएको दुधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए ।
गुनासो आएपछि कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा.अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो । निरीक्षण अधिकृत डा. झाले भने( ‘उचित तापक्रममा नराखेका कारण दुध फाटेको र त्यही फाटेका दुधमा मिठाइ बनाएको पाइएपछि कारवाही गरिएको हो ।झाकाअनुसार अनुगमनका क्रममा करिब ५ किलोग्राम विग्रिएको मिठाइ उत्पादक आफैँलाई नष्ट गर्न लगाइएको थियो ।
जरिवानासँगै मिठाइ पसलमा राखिने खानेकुरालाई तापक्रम मिलाएर भण्डारण तथा विक्री व्यवस्था मिलाउने, खानेकुराको गुणस्तर कायम गराउने, विग्रिएका सामग्री बजारमा पठाइएको भए फिर्ता ल्याएर नष्ट गर्ने निर्देशन दिइएको छ ।

खबर एक्सप्रेस