आज:  | Wed, 27, Sep, 2023

राष्ट्रपतिबाट ६७० जनाको कैद माफी मिनाहा

२०८०, २ आश्विन मंगलवार १९:४४ मा प्रकाशित ( १ हफ्ता अघि) ३२ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर एक्सप्रेस