आज:  | Mon, 29, Apr, 2024

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमति

२०८०, ५ आश्विन शुक्रबार १९:५८ मा प्रकाशित ( ७ महिना अघि) ११४८ पाठक संख्या

काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । सरकार र नेपाल शिक्षक महासङ्घबीच ६ बुँदे सहमति भएको हो । सङ्घीय संसद्मा गत भदौ २७ गते दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन अब शनिबार देखि फिर्ता हुने भएको छ ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तीभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आन्दोलनमा उत्रिएको थियो ।

खबर एक्सप्रेस