आज:  | Fri, 01, Dec, 2023

क्यानको अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिए

२०८०, ६ आश्विन शनिबार १३:५५ मा प्रकाशित ( २ महिना अघि) ५५९ पाठक संख्या

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन । भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन । बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।
उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए । उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियो । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराएपछि उनी नै सर्बसम्मत भएका हुन ।

खबर एक्सप्रेस