आज:  | Fri, 01, Dec, 2023

ईः समूहको अभियन्ताहरुको आन्दोलन विस्तार

२०८०, ७ आश्विन आईतवार १७:३३ मा प्रकाशित ( २ महिना अघि) ७१४ पाठक संख्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि उभिनेहरुको आन्दोलन विस्तार भएको छ । चमेली समूह ‘ईः’ नामले चिनाउने अभियन्ताहरुको आन्दोलन विस्तार भएको हो । सुरुमा ७७ घण्टाका लागि आन्दोलन गरेका उनीहरु १२३ घण्टा उभिएका थिए । काठमाडौँ महानगरपालिकाले प्रतिक्रिया नदिएपछि यसलाई बढाउँदै उनीहरुले १९९ घण्टा विस्तार गरेका हुन् । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ‘ईः’ ले राष्ट्रिय सभा गृह अगाडि आन्दोलन गरेको छ ।

खबर एक्सप्रेस