आज:  | Fri, 01, Dec, 2023

फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल घोषणा

२०८०, ८ आश्विन सोमबार २१:०५ मा प्रकाशित ( २ महिना अघि) ४९७ पाठक संख्या

काठमाडौँ । अहिले प्रदर्शनमा रहेको फिल्म ‘नाङ्गो गाउँ’ को सिक्वेल घोषणा गरिएको छ । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेपछि निर्माताले सिक्वेल निर्माणको घोषणा गरेका हुन् । फिल्मका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ ।‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ नाम दिइएको छ ।
अभिनेता दयाहाङ राईले निर्वाह गरेको ‘पासाङ’ पात्र केही समयपछि गाउँ फर्किने कथामा सिक्वेल बन्ने निर्देशक लामाले जानकारी गराए । उनले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन् । उनी भन्छन्, ‘अहिले फिल्मको कथा जहाँनिर टुंगिन्छ, त्यो वास्तवमा मध्यान्तर थियो । पटकथामा परिणत गर्दै जाँदा कथा लामो भयो र हामीले दुई भागमै बनाउने सोच्यौं । सिक्वेल एक वर्षपछि बन्छ ।’
‘नाङ्गो गाउँ २’अघि निर्माता कडरियाकै निर्माणमा उनले एउटा कमेडी फिल्म बनाउँदैछ । तिहारपछि छायांकनमा जाने फिल्ममा निर्देशक लामाकै लेखन छ । फिल्ममा ‘नाङ्गो गाउँ’कै कलाकार दोहोरिने निर्माण पक्षले जानकारी दिएको छ ।

खबर एक्सप्रेस