आज:  | Tue, 30, Apr, 2024

किङखान शाहरुख र प्रभासको भिडन्त

२०८०, १४ आश्विन आईतवार ०७:४५ मा प्रकाशित ( ७ महिना अघि) ८३८ पाठक संख्या

बलिवुडमा दुई ठुला फिल्म एकसाथ रिलिज हुने भएका छन् । आगामी डिसेम्बर २२ मा बलिवुडका किङखान शाहरुख खान र बाहुबली फेम प्रभासका फिल्म बक्सअफिसमा भिड्ने भएका हुन् । पछिल्लो रिपोर्ट अनुसार शाहरुखको नयाँ फिल्म डंकी र प्रभासको फिल्म ‘सलार’ डिसेम्बर २२ मा रिलिज हुने भएका हुन् ।

प्रभासको सलारमा पृथ्वीराज सुकुमारन, श्रुति हासन र जगपति बाबुलगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मको निर्माण बजेट २०० करोडभन्दा माथि रहेको छ । त्यसैगरी राजकुमारी हिरानीले निर्माण तथा निर्देशन गरेको फिल्म डंकीमा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, सतिश शाह, बोमन इरानीलगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको निर्माण लागत सय करोड भएको बताइएको छ ।

दुई ठुला बजेटका फिल्मको भिडन्त हुने भएपछि यसको ठुलो असर दुवै फिल्मलाई हुने विश्लेषण हुन थालेको छ । बलिवुड व्यापार विश्लेषक तरण आदर्शले दुई ठूला फिल्मबीचको टक्करले कारोबारमा सय करोडसम्मको असर गर्ने बताएका छन् ।

यसअघि पनि दुई ठुला बजेटका फिल्मको भिडन्त हुदा दुवैले त्यसको असर बेहोर्नुपरेको थियो । यस अघि शाहरुखको फिल्म जिरो र केजीएफ एकैदिन रिलिज हुदा जिरोले ठुलो घाटा बेहोरेको थियो । दुवै २०१९ को डिसेम्बरमा रिलिज भएका थिए । अहिले फिल्म विश्लेषकहरुले सोहि अवस्था नदोहिरोस भन्दै दुवै फिल्मका निर्माताको ध्यानाकर्षण गराएका छन् ।

खबर एक्सप्रेस