आज:  | Fri, 01, Dec, 2023

काठमाडौंका कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप

२०८०, २३ आश्विन मंगलवार ०९:२७ मा प्रकाशित ( १ महिना अघि) ३४२ पाठक संख्या

चुनाब बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौको मुख्य समस्या मध्य कुकुर ब्यबस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ ।

मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ ।
९ वडा हुदै हामी ३२ वडा पुग्नेछौ ।

वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर) वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।

कार्यक्रम सञ्चालन विधि
तोकिएका संघसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र विराला समाउनेछन् । यसरी समातिएका कुकुर विरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरुमा वडाबाट शिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका सम्लग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह हुनेछ ।
यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट शिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ । काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर÷विरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ ।
कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने संघ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर विरालोको व्यवस्थापनलगायत विषय समावेश छन् ।

खबर एक्सप्रेस