आज:  | Fri, 01, Dec, 2023

प्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक

२०८०, १ कार्तिक बुधबार २१:३२ मा प्रकाशित ( १ महिना अघि) २१८ पाठक संख्या

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानको प्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा सलमानलाई देश र परिवारका लागि लड्ने मात्रको रुपमा देखाइएको छ ।
एक्सनप्रधान ट्रेलरमा सलमानसँगै कट्रिना कैफलाई पनि शानदार रुपमा देखाइएको छ । यस फिल्ममा इमरान हाशमी नकारात्मक भूमिकामा रहेका छन् । फिल्ममा यस अघि अभिनेताद्वय शाहरुख खान र ऋतिक रोशनको केमियो भूमिका रहेको बताइएपनि ट्रेलरमा दुवैलाई देखाइएको छैन ।

‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ को सफलतापछि टाइगर  ३ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्ने अनुमान गरिएको छ । कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।

खबर एक्सप्रेस