आसुशेन फिल्म्स प्रोडक्सनको छैठौ प्रोजेक्ट ‘बलिदान’ निर्माणको घोषणा सँगै आगामी कार्तिक २४ गते प्रिटिजर आउने गरी पोस्टर सार्वजनिक भएको छ । फिल्मलाई सन्तोष सेनले निर्देशन गर्नेछन् । निर्देशकको रुपमा उनको यो दोश्रो फिल्म हो । यो फिल्म प्रदर्शन आगामी २०८१ सालको फूलपातिमा प्रर्दशन हुने छ । फिल्मको निर्मातामा पवन ब्राडफर्ड विष्ट रहेका छन् ।
निर्देशक संतोष सेनका अनुसार फिल्म मधेशको राजनीतिक आन्दोलन र घटनाको कथावस्तुमा बन्ने छ ।
फिल्मको कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहेका छन् भने पटकथा दर्शन जी र स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् । कलाकार फाईनल गर्ने क्रममा रहेकोले यो फिल्मलाई लिएर चलचित्र बजारमा बिभिन्न अडकल बाजी गरिएको छ ।