आज:  | Fri, 01, Dec, 2023

नेपाल यू१९ एशिया कपमा छनौट

२०८०, ४ कार्तिक शनिबार २३:२९ मा प्रकाशित ( १ महिना अघि) २४९ पाठक संख्या

काठमाडौँ । नेपाल यू१९ एशिया कपमा छनौट भएको छ । शनिबार सम्पन्न सेमिफाइनल खेलमा जापानलाई १४३ रनले पराजित गर्दै एसीसी यू१९ प्रिमियर कपको फाइनलमा पुगेसँगै नेपाल एशिया कपका लागि छनौट भएको हो ।

बर्षाले प्रभावित खेलमा २५ ओभरमा १८७ रनको लक्ष्य पछाएको जापान ११.५ ओभरमा केवल ४३ रन बनाएर अल आउट भएको थियो । यस अघि नेपालले २५ ओभरमा २ विकेट गुमाउदै १४० रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । अब नेपालले फाइनलमा युएईको सामना गर्ने छ भने तेस्रो स्थानका लागि जापान र सिंगापुर खेल्ने भएका छन् । तेस्रो स्थानको खेल अक्टोबर २३ मा र फाइनल खेल अक्टोबर २४ मा हुनेछ ।

एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् । नेपाल र युएई फाइनलमा पुगेसँगै एशिया कपका लागि छनौट भएका छन् । अब जापान र सिंगापुर मध्ये तेस्रो स्थानका लागि विजयी हुने देश पनि यू१९ एशिया कपका लागि छनौट हुने छन् । यू१९ एशिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुदै छ

खबर एक्सप्रेस