आज:  | Fri, 01, Dec, 2023

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालमा

२०८०, १२ कार्तिक आईतवार ०९:३६ मा प्रकाशित ( १ महिना अघि) १५६ पाठक संख्या

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नेछन् ।
उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटबार्ता गर्नेछन् । यस भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।

खबर एक्सप्रेस