आज:  | Fri, 01, Dec, 2023

किंग खान ५८वर्षका भए

२०८०, १६ कार्तिक बिहीबार १९:०९ मा प्रकाशित ( ४ हफ्ता अघि) १२५ पाठक संख्या

बलिउडका किंग खान अर्थात् शाहरुख खान आजबाट ५८ वर्षका भएका छन् । अभिनेताको जन्मदिन उनका फ्यानका लागि पर्वभन्दा कम हुँदैन । हरेक पटक झै यस पटक पनि बलिउडका बादशाहका हजारौं फ्यान सुपरस्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन मन्नतबाहिर ठूलो संख्यामा जम्मा भएका छन् ।

किंग खान पनि गए राति आफ्नो घरको बालकनीमा आएर फ्यानहरुलाई बधाई तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्नतको गेटबाहिर फ्यानहरूको लाइन देख्न सकिन्छ । उनीहरुमध्ये कोही फोनबाट तस्विर र भिडियो खिचिरहेको देखिएका थिए भने कसैको हातमा किङ खानको पोस्टर थियो ।
२०१८ मा रिलिज भएको फिल्म जिरो फ्लप भएपछि केहि बर्ष ब्रेक लिएका शाहरुखले २०२३ मा बलिवुडमा शानदार कमब्याक गरेका छन् । यस बर्ष रिलिज भएका उनका फिल्म पठान र जवानले बलिवुडका अहिलेसम्मका सबै रेकर्ड तोडेर सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेका छन् । उनको नयाँ फिल्म डंकी यसै बर्ष डिसेम्बर २३ मा रिलिज हुदै छ ।

खबर एक्सप्रेस