आज:  | Sat, 02, Mar, 2024

बाग्मती सफाइको ५५१औं हप्ता पशुपात क्षेत्र आसपास सम्पन्न

२०८०, १६ मंसिर शनिबार ११:४५ मा प्रकाशित ( ३ महिना अघि) ४९७ पाठक संख्या

रास्ट्रको लागी हप्तामा दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको बाग्मती सफाइ महाअभियानको ५५१औं हप्ताको अभियान पशुपात क्षेत्र आसपास बाग्मती किनारामा सफाई अभियान संचालन गरी सम्पन्न भएकोछ । महाअभियानमा संस्कृती पर्यटन तथा नागरीक उडडयन मन्त्री सुदन किराँती यूवा कमेडियन हिमेश पंत लगायतको सहभागीता रहेको थियो । अभियानमा पशुपति बिकास कोषको आतिथ्यतामा बाग्मती आयोजना, यसका अभियन्ता बिभिन्न संघसंस्था, स्थानियबासी, तिलगंगा महिला समूह, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु लगायतको सहभागीता रहेको अभियन्ता माला खरेलले बताई्न । बि.स २०७० जेष्ठ ५ गतेदेखी यो महाअभियान निरन्तर संचालनमा रहदै आएको छ ।

खबर एक्सप्रेस