आज:  | Sat, 13, Apr, 2024

द्वन्द्वका कारण सुडानमा सात लाख बालबालिका कुपोषणको चपेटामा

२०८०, २९ माघ सोमबार ११:२२ मा प्रकाशित ( २ महिना अघि) २८० पाठक संख्या

गणेस तिावारी । संयुक्त राष्ट्र मानव अधिकारवादीहरूले सुडानमा सात लाख बालबालिका जारी द्वन्द्वका कारण कुपोषणको सामना गरिरहेको बताएका छन् । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का प्रवक्ता जेम्स एल्डरले सुडानको अवस्थालाई संसारको सबैभन्दा ठुलो बालबालिकाको विस्थापन भनी वर्णन गर्नुभएको छ ।
जसमा ४० लाख बालबालिका विस्थापित भएका छन् । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले भर्खरै सुडान भित्रको अत्यावश्यक आवश्यकताहरू सम्बोधन गर्न २।७ बिलियन अमेरिकी डलरका लागि आह्वान गरेको छ । सिन्ह्वारन्यूज एजेन्सी नेपाल

खबर एक्सप्रेस