आज:  | Sat, 13, Apr, 2024

बागमती प्रदेशमा यो वर्ष धान उत्पादनमा गिरावट

२०८०, २९ माघ सोमबार ११:३१ मा प्रकाशित ( २ महिना अघि) २१८ पाठक संख्या

बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा प्रदेशभरको धान उत्पादनमा ४.०२ प्रतिशतले गिरावट आएको हो ।
यस वर्ष प्रदेशभर १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४ लाख ३५ हजार ४२।६९ मेट्रिक टन मात्र उत्पादन भएको छ। गत आर्थिक वर्षमा भने १ लाख १५ हजार ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष प्रदेशभरको धान उत्पादनमा ठूलो गिरावट आएको देखिन्छ ।
विशेषगरी कालोपोके रोग र धान पसाउने समयमा धेरै वर्षा हुँदा पनि उत्पादनमा असर परेको छ। यद्यपि, बागमती प्रदेशकै केही जिल्लामा भने यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा सामान्य वृद्धि भएको छ । सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशतले बढी धान उत्पादन भएको तथ्याङ्कले देखाउँछ। तर, प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ ।

खबर एक्सप्रेस