आज:  | Sat, 13, Apr, 2024

लेखा समितिले एनसेल सेयर खरिदबिक्री प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

२०८०, २९ माघ सोमबार ११:४६ मा प्रकाशित ( २ महिना अघि) २४९ पाठक संख्या

काठमाडौं । संसदको लेखा समिति एनसेलको सेयर खरिदबिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएकोछ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको सेयर खरिद(बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि दिए । उनले सम्झौतामा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिए । समितिले युनेस्कोको मापदण्ड कानुनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्डविपरीत भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।

खबर एक्सप्रेस