आज:  | Mon, 29, Apr, 2024

काठमाडौँमा रन फर इन्भायरोमेन्ट हाफ म्याराथन प्रतियोगिता हुने

२०७९, ११ माघ बुधबार २२:२१ मा प्रकाशित ( १ साल अघि) ३१९४ पाठक संख्या

काठमाडौँ । काठमाडौँमा रन फर इन्भायरोमेन्ट हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । नेपाल चलचित्र कलाकार संघ, कान्ति कल्चरल सेन्टर र दिल कुमारी केसी मेमोरियल फाउन्डेसनको आयोजनामा माघ १४ गते ३ किलोमिटरको सेलिब्रेटी रोड रेस प्रतियोगिता हुन लागेको हो ।
माघ १४ गते शनिबार बिहान ८ बजेदेखि शुरु हुने यस म्याराथन महाराजगन्जस्थित राष्ट्रपति निवासको अपोजिट रहेको कान्ति कल्चरल सेन्टरको ग्राउण्डबाट शुरु भएर लाजिम्पाटस्थित होटल एम्बासडरसम्म पुगेर टुंगिने छ ।

खबर एक्सप्रेस