आज:  | Wed, 24, Apr, 2024

‘ह्याप्पी डेज’ को नयाँ प्रदर्शनी मिति तय

२०७४, २ माघ मंगलवार १४:२८ मा प्रकाशित ( ६ साल अघि) ३६२५० पाठक संख्या

प्रियंका कार्की र दयाहाङ राई अभिनित चलचित्र ‘ह्याप्पी डेज’ को अन्तमा प्रदर्शनी मिति तय भएको छ। निर्माण टोलीले ‘ह्याप्पी डेज’ चैत्र १६ गते आउने भनेका छन्।

यस अघि ‘ह्याप्पी डेज’ माघ १२ गते आउने भनिएको थियो तर माघ ११ गते बलिउडका‌ दुई ठूला चलचित्र ‘पद्मावत’ र ‘प्याड म्यान’ एकसाथ प्रदर्शनमा आउने हुनाले ‘ह्याप्पी डेज’ को प्रदर्शनी मिति स्थगित गरिएको थियो। पहिले निर्माण टोलीले चलचित्रको रिलिज मिति सारेता पनि नयाँ प्रदर्शनी मिति भने सार्वजनिक गरेका थिएनन्, अहिले भने निर्देशक मिलन चाम्सले नयाँ प्रदर्शनी मिति घोषित गर्दै यो मिति फेरबदल नहुने र ढुक्क हुन बताए।

यसअघि पनि बलिउड चलचित्रले गर्दा निर्देशक मिलन चाम्सको निर्देशनमा रहेको ‘लिलिबिली’ को मिति सार्न परेको थियो। नेपाली दर्शक बलिउड चलचित्रतर्फ बढी आकर्षक हुने भएकाले बलिउडले नै बढी मात्रामा दर्शक बटुल्ने गरेको हुन्छ। यसरी बलिउड र कलिउड चलचित्र एकै दिन प्रदर्शन गर्दा नेपाली चलचित्रलाई नकरात्मक असर पर्ने हुँदा निर्माण टोलीले ‘ह्याप्पी डेज’ स्थगित गरेका थिए।

प्रियंका कार्की र दयाहाङ राई यस चलचित्रमा मुख्य भुमिकामा रहेका छन्। मिलन चाम्सको निर्देशनमा बनेको ‘ह्याप्पी डेज’ को ट्रेलर पौष ९ गते नै सार्वजनिक भएको थियो र दर्शकबाट राम्रै प्रतिक्रिया आएका थिए र आउदै पनि छन्।

खबर एक्सप्रेस